घटना-दुर्घटना

पोखरा-तम्घास सडकखण्ड दुर्घटना अपडेट: सहचालक कुँवरको मृत्यु

इकागज |
जेठ ४, २०८१ शुक्रबार ११:३५ बजे

काठमाडौँ- पोखरा-तम्घास सडकखण्डमा दुर्घटना भएको बसको सह-चालकको मृत्यु भएको छ । सहचालक ३५ वर्षीय युवराज कुँवरको गएराति ७:४० मा मृत्यु भएको गुल्मी जिल्ला प्रहरी कार्यालयका डिएसपी शंकर पोखरेलले जानकारी दिए ।

उनका अनुसार उनको उपचारको क्रममा गएराति गुल्मी रिढी अस्पतालमा मृत्यु भएको हो । उनको स्थायी ठेगाना जुम्ला र हाल बुटवल बस्दै आएका थिए ।


बिहीबार तम्घासतर्फ जाँदै गरेको बस लु १ ख ८१७५ नम्बरको गुल्मी रोड साइडमा ४: ५० दुर्घटनाग्रस्त भएको थियो । हाल घाइतेहरूको लुम्बिनी मेडिकल कलेज प्रवासमा उपचार भइरहेको छ । सो बसमा कुल १३ जना यात्रु सवार थिए ।

र, यो पनि

पोखराबाट गुल्मीतर्फ जाँदै गरेको यात्रुवाहक बस १५० मिटर तल खस्यो [फोटो/भिडियोसहित]

गुल्मी बस दुर्घटना: १२ जना घाइते, एकको अवस्था गम्भीर (अपडेट)


Author

थप समाचार
x