अर्थ / बाणिज्य

काठमाडौँ-त्रिशुली चल्ने ईभीको भाडा घट्यो

इकागज |
बैशाख १८, २०८१ मंगलबार १६:४३ बजे

फाइल तस्बिर

नुवाकोट- काठमाडौँ-त्रिशुली भएर चल्ने ईभी माईक्रो बसको भाडा घट्ने भएको छ । 

नुवाकोटमा रहेका विभिन्न यातायात समितिले बिहीबार २० गते देखि लागू हुने गरी भाडा घटाउने बताएका हुन् । टिमुरे यातायात प्रालिका अध्यक्ष प्रकाश जोशीका अनुसार ईभी माईक्रोको भाडा तीन सय ३० रुपैयाँ कायम गरिएको छ । यात्रुहरूको माग र सरोकारवालाहरूको आग्रहअनुसार ईभी माइक्रोको भाडा घटाएको उनले बताए । 


यस्तै जिल्लामा रहेको अन्य यातायात समितिद्वारा सञ्चालित ईभी माइक्रोहरूले पनि २० गते बिहीबारदेखि भाडा घटाउने बताएका छन् । 

यसअघि ईभी माईक्रोको भाडा ३ सय ५० रुपैयाँ कायम गरिएको थियो । सरकारले ईभी गाडीको भाडा निर्धारण नगरेको कारण यातायात व्यवसायीहरूले ईभीको भाडा आफूखुसी लिँदै आएका छन् । 

नुवाकोटमा टिमुरे यातायात प्रा.ली, नमस्ते पासाङल्हामु यातायात प्रा.ली र नेपाल माइक्रो बस कम्पनी प्रालिले ईभी माइक्रो सञ्चालन गरिरहेका छन् । 

 


Author

थप समाचार
x