डिफेन्स

'सिन्धुलीगढी युध्द संग्रहालय'को आन्तरिक सजावटसम्बन्धी गोष्ठी सम्पन्‍न

इकागज | मंसिर २१, २०७७

काठमाडौं : सेनाको पहलमा निर्माणाधीन 'सिन्धुलीगढी युध्द संग्रहालय' को आन्तरिक सजावट प्रारुप तयारी सम्बन्धमा एक दिने कार्यशाला गोष्ठी सम्पन्‍न भएको छ । बागमती प्रदेश सांसद विनोद खड्काको आतिथ्यमा गोष्ठी सम्पन्‍न भएको हो । 

गोष्ठीको दौरान सिन्धुलीगढी युध्द संग्रहालयको लागि आवश्यक सामग्री संकलन, प्रदर्शनी कक्षको डीजाइन, लेबलिङ र लाइटेनीङ, अन्यत्रबाट सामग्री संकलन तथा प्राप्ती र संग्रहालयको संचालन तथा व्यवस्थापनको विषयमा छलफल भएको थियो । छलफलमा संग्रहालयमा हालसम्म भएको प्रगति विवरण बर्द बहादुर गणका गणपतिले प्रस्तुत गरेका थिए ।  

९ नम्बर वाहिनी अड्डाका बाहिनीपति सहायक रथी ध्रुव प्रकाश शाहले नेपाली इतिहासमा सिन्धुलीगढीको लडाइँमा अंग्रेजविरुध्दको जीतले नेपाल र नेपालीको अस्तित्व जोगाउन महत्वपूर्ण भूमिका खेलेको बताए । पूर्वजहरूको योगदान तथा अदम्य साहसले पहिचान जोगिएको भन्दै उनले ऐतिहासिक सिन्धुलीगढी क्षेत्रलाई पर्यटकीय स्थलको रुपमा विकास गरि संरक्षण तथा प्रबर्द्धन गरिनु पर्ने बताए । 


 
प्रदेश सांसद खड्काले 'सिन्धुलीगढी युध्द संग्रहालय' लाई अन्तर्राष्ट्रिय पर्यटकीय स्थलको रुपमा स्थापित गराउनुपर्ने बताए । सम्बन्धित विशेषज्ञहरूको राय सुझावलाई आत्मसाथ गरी प्राप्त हात-हतियारहरू तथा अन्य दस्तावेजको सजावट, व्यवस्थापन तथा संचालन गर्न भविष्यमा आउन सक्ने चुनौतिहरू केलाएर कार्य योजना बनाउनुपर्ने  बताए ।  गोष्ठीमा कमलामाई नगरपालिकाका उप प्रमुख र प्रमुख प्रशासकिय अधिकृत, राष्ट्रिय संग्रहालय प्रमुख, संरक्षणविदहरू, आर्किटेक्ट ईन्जिनियरहरू, विज्ञहरू, पूर्वपाटन संग्राहलय प्रमुख, नेपाली सेनाका अधिकृतहरूसहित अन्य सरोकारवालाहरूको सहभागिता थियो । 
 

द्रुतमार्गमा सेनाको सुस्तता : लागत बढेको बढ्यै

चन्द्रशेखर अधिकारी | मंसिर १०, २०७७

काठमाडौँ : नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन काठमाडौँ-तराई/मधेस द्रुतमार्ग (एक्सप्रेस-वे) निर्माण १६...

बुधबार आउँदै भारतीय स्थल सेना प्रमुख : राजनीतिक तहको वार्ताको ढोका खोल्ने

इकागज | कात्तिक १८, २०७७

काठमाडौं : भारतीय स्थल सेना प्रमुख मनोजमुकुन्द नरवणेको तीन दिने नेपाल भ्रमणले दुई मुलुकबीच रहेको परम्प...