डिफेन्स

प्रधान सेनापति थापा कर्णालीको निरीक्षण भ्रमणमा

इकागज |
मंसिर १६, २०७७ मंगलबार १९:४१ बजे

काठमाडौँ  : प्रधान सेनापति पूर्णचन्द्र थापा कर्णालीको निरीक्षण भ्रमणमा निस्किएका छन् । उनले मंगलबार हुम्लास्थित नयाँ भैरवी दल गुल्म, कालिकोटस्थित रणशुर गुल्म, सुर्खेतस्थित पश्चिम एयर वेश र उत्तर-पश्चिम पृतना मुख्यालयको निरीक्षण भ्रमण गरेको सेनाको जनसम्पर्क निर्देशनालयले जनाएको छ । 


निरीक्षण भ्रमणको क्रममा प्रधानसेनापति थापाले  गुल्म, एयर वेश र पृतना मुख्यालयको स्थलगत निरीक्षण, बस्तुस्थिति, बन्दोबस्तीलगायत अन्य विविध पक्षबारे जानकारी लिएका थिए । 

थापाले बुधबार र बिहीबार सुदूर पश्चिम पृतना मुख्यालयलगायत अन्य युनिटहरूको निरीक्षण गर्ने कार्यक्रम रहेको निर्देशनालयले जनाएको छ । 


Author

थप समाचार
x