डिफेन्स

बागमती प्रदेश प्रहरी कार्यालयले गर्‍यो मातहतका प्रमुखहरूसँग कार्यसम्पादन सम्झौता

इकागज | साउन ३२, २०७८

काठमाडौँ – बागमती प्रदेश प्रहरी कार्यालयले चालु आर्थिक वर्षका लागि मातहतका १४ कार्यालय प्रमुखसँग कार्यसम्पादन सम्झौता गरेको छ ।

सोमबार भिडियो कन्फ्रेन्समार्फत आयोजना गरिएको  ‘कार्यसम्पादन सम्झौता एवम् मासिक मुल्यांकन मापदण्डको शुभारम्भ’ कार्यक्रममार्फत सम्झौता भएको हो । बागमती प्रदेश प्रहरी कार्यालयले मासिकरूपमा सम्पादन गर्नुपर्ने कामको सूचक निर्धारण गरी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजीपी) प्रकाशजंग कार्की र मातहत कार्यालय प्रमुखबीच कार्यसम्पादन सम्झौता भएको हो ।

कार्यसम्पादन सम्झौतामा रहेका सूचकको मासिक मुल्यांकन गरी मातहत कार्यालयको कार्यसम्पादनको स्तरसमेत निर्धारण गरिने बागमती प्रदेश प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक (एसपी) नवराज अधिकारीले जानकारी दिए ।

बागमती प्रदेश प्रहरी कार्यालयअन्तर्गतका १० वटा जिल्ला प्रहरी कार्यालय, प्रदेश प्रहरी तालीम केन्द्र, प्रदेश ट्राफिक प्रहरी कार्यालय र २ वटा गण मुख्यालय गरी १४ वटा प्रत्यक्ष मातहतका कार्यालयसँग कार्यसम्पादन सम्झौता गरिएको उनले बताए । प्रहरी कर्मचारीले गर्ने सेवा प्रवाहलाई प्रणालीबद्ध बनाउने र शान्ति सुरक्षा एवम् अपराध रोकथाम तथा नियन्त्रणलगायतका कार्यलाई व्यवस्थित गर्ने उद्देश्यले मातहतका कार्यालय प्रमुखसँग कार्यसम्पादन करार गरिएको उनले जानकारी दिए ।

‘शान्ति सुरक्षा, विपद् व्यवस्थापन, अपराध अनुसन्धान एवम् नियन्त्रण, आन्तरिक व्यवस्थापन, कर्मदक्षता, उत्प्रेरणा अभिवृद्धि र प्रहरी सेवा प्रवाहसँग सम्बन्धित विषयलाई प्रमुख सूचक निर्धारण गरिएको छ,’ उनले भने ।  

प्रहरी एकेडेमी नमास्‍न प्रधानमन्त्रीलाई १५ पूर्वप्रहरी महानिरीक्षकहरूको ज्ञापन पत्र

इकागज | साउन २०, २०७८

काठमाडौं : नेपाल प्रहरीका पूर्वमहानिरीक्षकहरूले राष्ट्रपतिको कार्यालय विस्तार गर्ने नाममा प्रहरी एकेडेमी (...

साइबर अपराध र काेभिडविरुद्ध चारै सुरक्षा निकायलाई सक्रिय हुन गृहमन्त्री खाणको निर्देशन

इकागज | साउन १०, २०७८

काठमाडौँ - गृहमन्त्री बालकृष्ण खाणले मुलुकको सुरक्षा अवस्था र विपत व्यवस्थापन लगायतका विषयमा च...

सेनाको दाबी : काठमाडौँ-तराई/मधेश द्रुतमार्ग वार्षिक लक्ष्य अनुसार नै अघि बढेको छ

इकागज | साउन ५, २०७८

काठमाडौँ - नेपाली सेनाको व्यवस्थापनमा निर्माणधिन काठमाडौँ-तराई/मधेश द्रुतमार्ग (एक्सप्रेस वे) भौतिक...