डिफेन्स

नेपाली सेनाको साङ्गठनिक पुनः संरचना कार्यान्वयन

इकागज | साउन १, २०७८

काठमाडौँ : नेपाली सेनाको साङ्गठनिक पुनः संरचना २०७७/७८ कार्यान्वयनमा आएको छ । सेनाको साङ्गठनिक पुनः सरचना मन्त्रिपरिषद्को असार २४ गते बैठकले स्वीकृत गरेको थियो ।

प्रधानसेनापति पूर्णचन्द्र थापाले सैनिक मुख्यालय जङ्गी अड्डामा आज आयोजित समारोहमा कमाण्ड सेनापतिलाई झण्डा हस्तान्तरण गर्नुभएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । सरकारले सैद्धान्तिक स्वीकृति दिएको ३ जोड १ कमाण्ड अवधारणाको निरन्तरताका रुपमा आएको साङ्गठनिक पुनः संरचना २०७७/७८ राष्ट्रिय सुरक्षा नीति र दीर्घकालीन सोच २०८७ समेतका आधार तयार पाएिको हो ।

साङ्गठनिक पुनः संरचनाको पूर्ण कार्यान्वयन भने २०८१ असार मसान्तसम्ममा हुने जानकारी दिइएको छ । चार कमाण्ड हेड क्वाटर आजबाटै पूर्णरुपमा सञ्चालनमा आएका छन् । कमाण्डलाई आवश्यक अधिकृत र सकल दर्जाको दरबन्दी क्रमिक रुपमा आगामी ६ वर्षमा पूरा हुने बताइएको छ ।

हिमाली पर्यावरण र पर्वतारोहणको सुरक्षाबारे परिषद्‍को दुई दिने वेबिनार सकियो

इकागज | असार १४, २०७८

काठमाडौँ : राष्ट्रिय सुरक्षा परिषद्‍बाट सञ्‍चालित 'नेपालको हिमाली पर्यावरण र पर्वतारोहण...