डिफेन्स

हातहतियारसहितको सैन्य सवारीसाधन

मध्यरातको चकमन्‍न चक्रपथमा सेनाका बख्तरबन्द

सरोज बैजु | माघ २०, २०७७

काठमाडौँ : नेपाली सेनाले लडाई/युद्धमा उपयोग गर्ने आफ्ना बख्तरबन्द गाडी (अर्थात् हातहतियारसहितको सैन्य सवारीसाधन) लाई प्राविधिक परीक्षणका लागि चक्रपथ परिक्रमा गराएको छ ।

गाडीको अवस्था र आफ्ना साधनको प्रयोगमा चालकको आत्मविश्वास जगाउन सेनाले यसप्रकारका अभ्यास नियमित झै गर्दै आएको छ । यसरी एकैपटक धेरै संख्यामा भने कहिले काही मात्र निकालिने गरिन्छ ।

सीतापाइलाको युद्धकवच गणका चालकहरूले ती बख्तरबन्द गाडी सोमबार मध्‍य रातमा चक्रपथको फन्को लगाएका हुन् । उक्त बख्तरबन्द गाडीलाई चक्रपथको एक फन्को लगाएको सैनिका जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

सेनाको नियमित अभ्यासअनुसार ती गाडीलाई चक्रपथको परिक्रमा गराइएको पनि जानकारी दिइएको छ । बख्तरबन्दको नियमित अभ्यास अनुरुप नै चक्रपथ घुमाइएको हो ।

दिनमा गाडीको उच्च चाप हुने हुनाले राती त्यस्ता गाडिलाई घुमाइएको पनि जनाइएको छ । सेनाका प्रवक्ता सन्तोषबल्लभ पौड्यालका अनुसार यसअघि पनि चालकहरूले यस्ता अभ्यास गरिरहेका हुन्थे । यद्यपि कतिपयले यसलाई माघ १९ कै दिन पारेर किन सडकमा बख्तरबन्द गाडीको परेड ? भन्दै  प्रश्न गरेका छन् ।

सशस्त्र प्रहरी उपरीक्षक र वरिष्ठ उपरीक्षकमा बढुवा भएकालाई दर्ज्यानी चिन्ह प्रदान

इकागज | माघ १५, २०७७

काठमाडौं : सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सशस्त्र प्रहरी उपरीक्षकबाट सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक...