शिक्षा

आचरण विपरित गर्ने विद्यार्थी बचाउन शिक्षामन्त्रीले नै पत्र काट्नु हास्यास्पद : डा. सुनिल शर्मा

इकागज | पुस २५, २०८०

काठमाडौँ- दूरदराजका गरिब विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा पुर्‍याउँदै आएका काठमाडौँ मेडिकल कलेज (केएमसी)का सञ्चालक डाक्टर सुनिलकुमार शर्माले शिक्षामन्त्री अशोककुमार राईले पदको दुरुपयोग गरेको भन्दै कानुनी उपचारको बाटो खोजी गर्ने बताएका छन् । आवासीय चिकित्सक डा.विशद दाहाललाई कलेजको नियम विपरित कार्य गरेकोमा निलम्बन गरेको विषयमा शिक्षामन्त्री राईले निलम्बन फुकुवा गर्न पत्राचार गरेकोमा पदको दुरुपयोग गरेको भन्दै शर्माले कानुनी उपचारमा जाने बताएका हुन् ।

‘आचरण विपरित कार्य गरेका एक जना विद्यार्थीलाई एक महिना निलम्बन गरेको विषयमा मन्त्रीजस्तो व्यक्तिले निलम्बन फुकुवा गर्न पत्र काट्नु गर्नु हास्यास्पद र लज्जास्पद विषय हो । शिक्षामन्त्रीको पत्रले हामीलाई कुनै फरक पर्दैन ।’ मन्त्री राईको निर्देशनात्मक पत्रविरुद्ध आफूहरू अदालत जाने भन्दै शर्माले भने,‘एउटा विद्यार्थीले आचरण विपरित कार्य गर्दा त्यसलाई बचाउन र संरक्षण गर्न शिक्षामन्त्री आफैँ सक्रिय हुन्छन् भने त्योभन्दा लज्जास्पद र हास्यास्पद के हुन सक्छ ।’

शिक्षामन्त्री राईले मंगलबार निलम्बित विद्यार्थी दाहालको निलम्बन फुकुवा गर्न भन्दै निर्देशनात्मक पत्र पठाउँदा दुई दिनअघि सोमबार शिक्षा मन्त्रालयमै विवाद समाधानका लागि सकारात्मक वार्ता भएको थियो । उक्त वार्तापछि समाधानको वातावरण बनिरहेको अवस्थामा शिक्षामन्त्रीले पत्र काट्दा वातावरण बिग्रिएको शर्माको भनाई छ ।

शर्माले विद्यार्थीलाई सुध्रिनका लागि एक महिना मात्र कारबाही गरिएको भन्दै एक महिनापछि पनि विद्यार्थी नसुध्रिए विश्व विद्यालयलाई विद्यार्थी फिर्ता पठाइने बताए । ‘कुनै विद्यार्थीले गल्ती गर्छ, कलेजको नियम मान्दिनँ भन्छ भने कारबाही गर्ने अधिकार हुन्छ । विद्यार्थीलाई एक महिनाको लागि मात्र निलम्बन गरिएको हो । एक महिनाभित्र पनि विद्यार्थी नसुध्रिए काठमाडौँ विश्व विद्यालयलाई विद्यार्थी फिर्ता लैजान भन्छौँ ।’ कलेजले विद्यार्थीलाई गल्ती स्वीकारेर सच्चिएर आउनुभन्दा उल्टै २२ सय विद्यार्थीको पठनपाठनमा असर गर्ने गरी वातावरण बिथोलिरहेको शर्माले आरोप लगाए ।

शर्माले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूको दबाबमा शिक्षामन्त्रीले पत्र काटेको जिकिर गर्दै दूर दराजमा रहेकालाई स्वास्थ्य सेवा नदिने रणनीति अनुसार केएमसीलाई बदनाम गर्न खोजिएको उनले दाबी गरे । ‘यो दूरदराजका गरिब जनतालाई सेवा नगर्नु भनिएको हो । डा. गोविन्द केसीले शिक्षामन्त्रीको राजीनामा माग्लान् भनेर डराएर मन्त्रीज्यूले पत्र काटेको होला । त्यसले हामीलाई केही फरक पर्दैन ।’ 

रास्वपा सांसद डा. तोसिमा कार्कीसहित निलम्बित विद्यार्थीसमेत गोविन्द केसीको कार्यकर्ता भएको भन्दै उनले नेपालका मेडिकल कलेज, नर्सिङ कलेजहरू बन्द गराउन उनीहरू सदन र सडकमै सक्रिय रहेको बताए ।

कलेजले देशका विभिन्न क्षेत्रमा सञ्चालन गर्दै आइरहेको निःशुल्क स्वास्थ्य शिविरको निलम्बित आवासीय चिकित्सक दाहालले चर्को विरोध गर्दै आएका थिए । विगत तीन वर्षदेखि केएमसीका आवासीय चिकित्सकसहित विशेषज्ञ चिकित्सकहरूसमेतले निःशुल्क स्वास्थ्य शिविरमार्फत सर्वसाधारणलाई स्वास्थ्य सेवा दिइरहेकोमा दाहालले मात्र विरोध गर्दै आइरहेका हुन् ।

सामाजिक उत्तरदायित्व अन्तरगत केएमसीले सञ्चालन गर्दै आइरहेको निःशुल्क स्वास्थ्य शिविरले सहरदेखि दूरदराजका गरिब, विपन्न तथा स्वास्थ्यको पहुँचबाट बञ्चित नागरिक लाभान्वित भइरहेका छन् । दाहालले उक्त शिविरको विरोध गर्दै कलेजभित्रको स्वास्थ्य सेवा र शैक्षिक वातावरण बिथोल्न थालेपछि केएमसीले एक महिना निलम्बनको कारबाही गरेको थियो ।

केएमसीले निलम्बन गरेपछि आवासीय चिकित्सक दाहालले कलेज तथा अस्पतालको वातावरण बिथोल्न दैनिक रुपमा आन्दोलन गर्दै आइरहेका छन् । सिनामंगलस्थित अस्पताल परिसरमा सेवाग्राही र बिरामीलाई नै डिस्टर्ब हुनेगरि कलेज बाहिरका असान्दर्भिक व्यक्तिहरूसमेतलाई सहभागी गराएर दिनहुँ नाराबाजी गर्न थालेपछि उनलाई केएमसीमा प्रवेश गर्न रोकिएको कलेजले दाबी गरेको छ ।

पाँच वर्षमा शतप्रतिशत साक्षरता, शिक्षा क्षेत्रमा बजेटको १७ प्रतिशत लगानी

इकागज | पुस २४, २०८०

काठमाडौँ- अहिले मस्यौदा निर्माणको क्रममा रहेको सोह्रौँ पञ्चवर्षीय आवधिक योजनाले आगामी पाँच वर्षभित्रमा पा...

२०२४ मा जेनेरेटिभ एआईमा थप प्रगतिदेखि साइबर सुरक्षा र क्वान्टम कम्प्युटिङमा विकास हुने अनुमान

विवेक देवकोटा | पुस २४, २०८०

जेनेरेटिभ एआई नयाँ र मौलिक सामग्री, च्याट प्रतिक्रियाहरू, डिजाइनहरू, सिन्थेटिक डेटा वा डीपफेकहरू सिर्जन...

निलम्बित केएमसी चिकित्सक दाहालको कारबाही फुकुवा गर्न शिक्षा मन्त्रीको निर्देशन

इकागज | पुस २४, २०८०

काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोकप्रसाद राईले काठमाडौँ मेडिकल कलेजबाट निलम्बित आवास...

प्रधानमन्त्री प्रचण्डको निर्देशनपछि त्रिविको उपकुलपति नियुक्ति प्रक्रिया रद्ध

इकागज | पुस २२, २०८०

काठमाडौँ- त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्ति प्रक्रिया रद्ध भएको छ । आइतबार एक सूचना जारी गर्दै त्...

त्रिविको उपकुलपतिको विज्ञापनमा रहेको पूर्वपदाधिकारीको अनुभव हटाएर अर्को सूचना जारी गर्न प्रधानमन्त्रीको निर्देशन

इकागज | पुस २०, २०८०

काठमाडौँ- प्रधानमन्त्री एवं त्रिभुवन विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले त्रिभुव...

खुल्ला प्रतिस्पर्धाबाट त्रिवि उपकुलपति चयन गर्न खुल्यो विज्ञापन

इकागज | पुस २०, २०८०

काठमाडौँ- त्रिभुवन विश्वविद्यालयले खुला प्रतिस्पर्धाबाट उपकुलपति छनोट गर्न दरखास्त आह्वान गरेको छ । त्रि...

संविधानको मर्मविपरीत शिक्षा विधेयक नल्याउन स्थानीय तहको ध्यानाकर्षण

इकागज | पुस १९, २०८०

काठमाडौँ - नेपाल नगरपालिका संघ र गाउँपालिका राष्ट्रिय महासंघले प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य र सूचना ...

कैलालीमा राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बन्ने कुरामा कुनै दुविधा नराखौंः शिक्षामन्त्री राई

इकागज | पुस १७, २०८०

काठमाडौँ - शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले कैलालीमा राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्या...