शिक्षा

प्रधानमन्त्री प्रचण्डको निर्देशनपछि त्रिविको उपकुलपति नियुक्ति प्रक्रिया रद्ध

इकागज |
पुस २२, २०८० आइतबार ८:१५ बजे

काठमाडौँ- त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्ति प्रक्रिया रद्ध भएको छ । आइतबार एक सूचना जारी गर्दै त्रिविले शनिबारको निर्णयअनुसार उपकुलपति नियुक्ति प्रक्रिया रद्ध गरेको जानकारी दिएको हो ।

उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले पुस २० गते सूचना जारी गरेको थियो । जारी सूचनामा कुलपति एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले असन्तुष्टि जनाएपछि शनिबार जारी सूचना रद्ध गर्ने निर्णय लिएको थियो । प्रधानमन्त्री प्रचण्डले सूचना प्रकाशित भएलगत्तै रद्ध गर्न निर्देशन दिएका थिए ।


‘विश्वविद्यालयको पदाधिकारीमध्ये कुनै एक पदमा कम्तीमा तीन वर्ष काम गरेको (वर्ष, महिना र दिनसमेत) व्यहोरा खुलेको विवरण प्रमाणित प्रतिलिपि) पेस गर्न शुक्रबार प्रकाशित सूचनामा उल्लेख थियो ।

अब अर्को सूचना जारी भएपछि उपकुलपति नियुक्ति प्रक्रिया सुरू हुनेछ ।


Author

थप समाचार
x