राजनीति

इलाम-२ : एमाले उम्मेदवार​ सुहाङले बढाए अग्रता, कांग्रेसका खड्कासँग १ हजार १ मतको फरक

इकागज |
बैशाख १६, २०८१ आइतबार २०:५३ बजे

काठमाडौँ- इलाम-२ अन्तर्गत उपनिर्वाचनको मतगणनामा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले अग्रता बढाउँदै लगेका छन् । उनले नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्कासँगको अग्रता बढाउँदै लगेका हुन् ।

हालसम्मको मतगणनामा सुहाङले तीन हजार ७ सय ८३ मत पाउँदा नेपाली कांग्रेसका डम्बर खड्काले २ हजार ७ सय ८२ मत ल्याएका छन् । नेम्वाङ एक हजार एक मतले अघि रहेका छन् ।


स्वतन्त्र उम्मेदवार डेकेन्द्र थेगिमले ७ सय ८४ मत पाएका छन् । रास्वपाका मिलन लिम्बूले ५ सय ६१ मत ल्याएका छन् ।


Author

थप समाचार
x