शिक्षा

त्रिविको उपकुलपतिका लागि पुन: दरखास्त आह्वान

इकागज |
पुस २३, २०८० सोमबार ८:२१ बजे

फाइल तस्बिर

काठमाडौँ- त्रिभुवन विश्वविद्यालयले फेरि उपकुलपति नियुक्तिका लागि पुन: दरखास्त आह्वान गरेको छ । सोमबार नयाँ सूचना जारी गर्दै त्रिविले फेरि उपकुलपति नियुक्तिका लागि पुन: दरखास्त आह्वान गरेको हो ।

गत शुक्रबार त्रिविले दरखास्त आह्वान गरेकोमा प्रावधानबारे विवाद भएपछि आइतबार रद्द भएको सूचना जारी भएको थियो । विवादभएपछि कुलपति एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नै तत्काल सच्याएर अर्को सूचना निकाल्न निर्देशन दिएका थिए । त्यसपछि सच्याएर सोमबार त्रिविले नयाँ सूचना जारी गरेको हो ।


कार्यविधिमा उल्लिखित कागजातसहित सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र दरखास्त दिन सक्ने सूचनामा उल्लेख छ ।


Author

थप समाचार
x