दल

सुहाङ ५५ सयले अगाडि, पछ्याउँदै काँग्रेस

इकागज |
बैशाख १७, २०८१ सोमबार १६:३७ बजे

काठमाडौँ  -  इलाम-२ मा जारी मतगणनामा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले फराकिलो अग्रता कायम गरेका छन् । 

उनले नेपाली कांग्रेसका उम्मेदवार डम्बर बहादुर खड्कासँग फराकिलो अग्रता कायम गरेका हुन् । सुहाङले १५ हजार ६५३ मत पाएका छन् ।


दोस्रो स्थानमा रहेका खड्का​ १० हजार ६८ मत पाएका छन् । निकटतम् प्रतिद्वन्द्वी सुहाङ र डम्बरबीच ५५८५ मतको अन्तर भएको छ ।

स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले ८६८९ मत पाएका छन् । भने, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बुले २३१३ मत ल्याएका छन् ।


Author

थप समाचार
x