समाज

सप्तरीमा बैंकको सुरक्षार्थ खटिएका गार्डको हत्या

इकागज |
बैशाख २७, २०८१ बिहीबार १७:५८ बजे

तस्विरः फाइल फोटो

काठमाडौँ- सप्तरीमा नेपाल बैंक लिमिटेडका एक जना सुरक्षा गार्डको आज बिहान हत्या भएको छ ।

सप्तकोशी नगरपालिका १ फत्तेपुरमा रहेको नेपाल बैंक लिमिटेड शाखाका सुरक्षा गार्ड ५५ वर्षीय पर्शुराम फुँयालको हत्या भएको सप्तरीका प्रहरी प्रवक्ता डीएसपी ढुण्डीराज न्यौपानेले इकागजलाई जानकारी दिए ।


उनका अनुसार सप्तकोशी नगरपालिका १ फत्तेपुरमा रहेको नेपाल बैंक लिमिटेड शाखा कार्यालयका सुरक्षा गार्ड फुँयालको हत्या भएको हो । प्रहरीले सबा ६ बजे जानकारी पाएको थियो ।

‘सीसीटीभी हेर्दा सबा ३ बजे हत्या भएको देखिन्छ,’प्रवक्ता न्यौपानेले भने,’ बैंकको पैसा लुट्न आएको देखिन्छ । उनीहरूको उद्देश्य पैसा मात्र लुट्न आएको देखिन्छ । पैसा पनि लगेको देखिन्न ।‘

 

 


Author

थप समाचार
x