समाज

इन्जिनियरिङ पढिरहेकी २२ वर्षीया युवती एक सातादेखि सम्पर्कविहीन

इकागज |
बैशाख २५, २०८१ मंगलबार १८:५१ बजे

काठमाडौँ- इन्जिनियरिङ पढिरहेकी २२ वर्षीया किशोरी स्नेहा लामिछाने एक सातादेखि परिवारका सदस्यसँग सम्पर्कविहीन भएकी छिन् । सिसिटिभी रेकर्डअनुसार कलङ्की भाटभटेनी नजिकै अन्तिम पटक उनको उपस्थिति देखिएको प्रहरीले जनाएको छ । 

उनले कालो ट्राउजर र गुलाबी र सेतो ज्याकेट लगाएको प्रहरीको भनाइ छ । उनले पछाडि झोला बोकेकी छिन् । 


उनको फोन पनि स्विच अफ रहेको परिवारका सदस्यले जनाएका छन् । स्विच अफ हुँदा उनको फोन एयरपोर्ट क्षेत्र पछाडि ट्रेस गरिएको थियो । आमाबाबुले छोरी खोज्न आग्रह गरिरहेका छन् ।

फेला परेमा प्रहरीलाई खबर गरिदिन वा परिवारलाई ९८६५१९५४६६ वा ९८५५०८०४९१ मा सम्पर्क गरिदिन परिवारले आग्रह गरेको छ ।


Author

थप समाचार
x