समाज

घुस लिएको आरोपमा वडाध्यक्षविरुद्ध मुद्दा दायर

इकागज |
माघ २४, २०८० बुधबार १८:५२ बजे

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पाँच लाख रुपैयाँ घुस लिएको आरोपमा बाराको जीतपुरसिमरा उपमहानगरपालिका-३ का वडाध्यक्ष ताराबहादुर कार्की क्षेत्रीविरुद्ध विशेष अदालत काठमाडौँमा मुद्दा दायर भएको छ ।

वडाध्यक्ष कार्कीले घरबाटो सिफारिस दिन सेवाग्राहीसँग पाँच लाख रुपैयाँ लिएको पुष्टि भएपछि मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए । यसअघि आयोगको टोलीले वडाध्यक्ष कार्कीलाई घुस रकमसहित पक्राउ गरेको थियो।



Author

थप समाचार
x