समाज

लागूऔषध मुद्दाका प्रतिवादी २९ वर्षपछि पक्राउ

इकागज |
मंसिर २९, २०८० शुक्रबार २०:५९ बजे

अर्घाखाँची- लागूऔषध मुद्दामा जेल चलान गर्ने अदालतले फैसला सुनाएपछि फरार रहेका एक जना २९ वर्षपछि पक्राउ परेका छन् ।

अर्घाखाँचीको पाणिनि गाउँपालिका-८ पालीमा घर भई हाल नेपालगञ्ज उपमहानगर पालिका-२ बस्ने समसुदिन मियाँलाई प्रहरीले नेपालगञ्जबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक प्रतीत सिंह राठोरले बताए ।


मियालाई लागूऔषध मुद्दामा गुल्मी जिल्ला अदालतको २०५१ असार ३० गतेको फैसला अनुसार २ वर्ष ५ महिना २४ दिन कैद  कैद फैसला गरेको थियो । अदालतले कैद सजाय सुनाएपछि उनी फरार भएका थिए । 

विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीबाट खटिएको प्रहरी टोलीले  नियन्त्रणमा लिई  जिल्ला अदालत अर्घाखाँचीमा पेस गरिएको र कैद भुक्तानका लागि कारागार चलान गरिएको डीएसपी राठोरको भनाइ छ ।
 


Author

थप समाचार
x