राजनीति

इलाम-२ को नयाँ अपडेट : सुहाङ-डम्बर मतान्तर २६४३, अरूले कति पाए मत ?

इकागज |
बैशाख १७, २०८१ सोमबार ७:३९ बजे

काठमाडौँ- इलाम-२ अन्तर्गत उपनिर्वाचनको मतगणनामा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले अग्रता बढाउँदै लगेका छन् । उनले नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्कासँगको अग्रता बढाउँदै लगेका हुन् ।

हालसम्मको मतगणनामा सुहाङले ८४८७ मत पाउँदा नेपाली कांग्रेसका डम्बर खड्काले ५८४४ मत ल्याएका छन् । नेम्वाङ २६४३ मतले अघि रहेका छन् ।


त्यस्तै स्वतन्त्र उम्मेदवार डेकेन्द्र (लिम्बु) थेगिमले ४२६२ मत पाएका छन् । रास्वपाका मिलन लिम्बूले १२६९ मत ल्याएका छन् । हाल मत गणना जारी छ ।


Author

थप समाचार
x