समाज

टीकापुर जग्गा प्रकरणमा २४९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

इकागज |
माघ २५, २०८० बिहीबार १७:४९ बजे

काठमाडौँ- कैलाली टीकापुर नगरपालिका-१ स्थित टीकापुर नगर विकास समितिका तत्कालीन अध्यक्ष नेत्रप्रसाद जोशीसहित २४९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

नगर विकास समितिको स्वामित्वमा रहेको सार्वजनिक जग्गा व्यक्ति विशेष तथा संघ-संस्थालाई वितरण गर्दा भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको हो ।


अख्तियारले जोशीसहितका व्यक्तिविरुद्ध बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको अख्तियार प्रवक्ता नरहरि घिमिरेले बताए ।

नगर विकास समितिका पदाधिकारी, कर्मचारी तथा प्रथम तहमा समितिको जग्गा आफ्नो नाममा कायम गर्ने गराउने जग्गाधनी तथा त्यसको तहगत सुक्रीबिक्री गर्ने र हाल कायम जग्गाधनीहरूलाई समेत प्रतिवादी बनाएर मुद्दा दायर गरिएको घिमिरेले बताए ।

जोशीसँग २ करोड १२ लाख ४० हजार ९४४ रुपैयाँ बिगो तथा सजाय माग गरिएको छ ।

यस्तै, नगर विकास समितिका तत्कालीन अध्यक्ष ललित ताम्राकार, धीजराज रेग्मीलगायतलाई मुद्दामा प्रतिवादी बनाइएको छ ।


Author

थप समाचार
x