समाज

कलंकी नापीका सर्वेक्षकसहित दुई जना एक लाख घुससहित पक्राउ

इकागज |
माघ २४, २०८० बुधबार २०:३२ बजे

काठमाडौँ- नापी कार्यालय, कलंकीका सर्वेक्षक र लेखापढी व्यवसायी एक लाख घुससहित पक्राउ परेका छन् । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वेक्षक लक्ष्मीप्रसाद चौलागाईं र लेखापढी व्यवसायी नेत्रमणि पोखरेललाई बुधबार नापी कार्यालयबाटै घुस रकमसहित पक्राउ गरेको हो । 


चौलागाईंसँग ४५ हजार र पोखरेलसँग ५५ हजार घुस रकम बरामद भएको आयोगले जनाएको छ । जग्गा हालसाबिक र कित्ताकाट गरी पुर्जा उपलब्ध गराइदिने भन्दै उनीहरूले घुस लिएका थिए ।


Author

थप समाचार
x