अनियमितता

पाँच लाख घुससहित वडाध्यक्ष पक्राउ

इकागज |
पुस २, २०८० सोमबार १८:३३ बजे

सांकेतिक तस्बिर

बारा- जितपुर सिमरा उपमहानगर-३ का वडाध्यक्ष तारा कार्कीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौँडाको टोलीले पक्राउ गरेको छ । कार्की रु पाँच लाख घुससहित आज पक्राउ परेका हुन्  ।  

वडाध्यक्ष कार्कीलाई जितपुरस्थित जैसवाल होटलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । सडक बनाउने क्रममा उनले स्थानीय राजन उप्रेतीसँग घुसवापत पाँच लाख नगद रकम लिएको इलाका प्रहरी कार्यालय सिमराका प्रमुख प्रदीप क्षेत्रीले बताए । घटनाबारे अनुसन्धान भइरहेको अख्तियार स्रोतले जनाएको छ ।


पक्राउ परेका वडाध्यक्ष कार्की नेकपा एमाले पार्टीबाट निर्वाचित भएका थिए ।


Author

थप समाचार
x