कोशी

बेनोजलाई सम्झिँदै अखिल (क्रान्तिकारी)को टोली बाघझोडामा

इकागज |
फागुन २५, २०८० शुक्रबार १०:३३ बजे

मोरङ- अखिल क्रान्तिकारीको केन्द्रीय उपाध्यक्ष जीपी मैनालीसहितको टोली सहिद बेनोज अधिकारीलाई सम्झिँदै मोरङको बाघझोडा पुगेको छ । अखिल क्रान्तिकारीको तत्कालीन उपाध्यक्ष बेनोज अधिकारी  स्मृति दिवसको दिन उपाध्यक्ष मैनालीसहितको टोली बिहीबार अधिकारीको हत्या भएको स्थल मोरङको बाघझोडा पुगेको हो ।

टोलीमा क्रान्तिकारीका पूर्वउपाध्यक्ष तथा सुनसरी माओवादी केन्द्रका नेता मदन चुडालसहित क्रान्तिकारीको स्थानीय नेतृत्व सहभागी थियो ।


टोलीले बेनोज हत्या गरिएको सुन्दरहरैंचास्थित जंगलसहित, सुकुना बहमुखी क्याम्पस अगाडी निर्मित सहिद बेनोज गेट पुगेको अखिल(कान्तिकारी) नेता उमेश सेन्चुरीले जानकारी दिए ।

तत्कालीन उपाध्यक्ष अधिकारीलाई २०५८ फागुन २४  गते तत्कालीन राज्यले गिरफ्तापछि चरम यातना दिएर मोरङको खोर्सानेमाथि बाघझोडामा निरममता पूर्वक हत्या गरेको थियो ।


Author

थप समाचार
x