समाज

नक्कली प्रमाणपत्र लिएको आरोपमा गल्याङ नगरपालिकाका सिनियर अहेवविरुद्ध मुद्दा दायर

इकागज |
बैशाख २०, २०८१ बिहीबार १५:३१ बजे

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्याङ्जाको गल्याङ नगरपालिकाका सिनियर अहेव दुर्गाप्रसाद भट्टराईविरुद्ध नक्कली प्रमाणपत्रसम्बन्धी आरोप पत्र दायर गरेको छ ।

अख्तियारले अहेव भट्टराईको एसएलसीको शैक्षिक प्रमाणपत्र नक्कली रहेको भन्ने उजुरीको आधारमा छानबिन गर्दा सो प्रमाण पत्र नक्कली रहेको भेटिएपछि मुद्दा दायर गरेको जनाएको छ ।


अख्तियारले सो कार्य भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १६ (१) बमोजिमको कसुर भएको हुँदा भट्टराईलाई सोही ऐनको दफा १६ (१) बमोजिम कैद र जरिवाना हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौँमा आरोप-पत्र दायर गरेको जनाएको छ ।


Author

थप समाचार
x