कोशी

डढेलोले उदयपुरमा तीन सय हेक्टर वनमा क्षति

इकागज |
बैशाख १८, २०८१ मंगलबार १०:२९ बजे

गाईघाट (उदयपुर)- केही दिनदेखि जिल्लाको पूर्वी क्षेत्र चौदण्डीगढी, बेलका र त्रियुगा नगरपालिका क्षेत्रको जङ्गलमा लागेको डढेलोका कारण तीन सय हेक्टरभन्दा बढी जङ्गलका रुखबिरुवामा क्षति भएको छ ।

डिभिजन वन कार्यालयका अनुसार दश दिनअघिदेखि लागेको डढेलोका कारण त्रियुगा चौदण्डीगढी र त्रियुगा नगरपालिकाबीच क्षेत्रको फुलजोर देवीस्थान, सरस्वती, बेल्टार सामुदायिक वनमा क्षति भएको हो ।


खडेरीका कारण जङ्गल क्षेत्रमा डढेलो चारैतिर फैलिएकाल साना रुख बिरुवामा क्षति पुगेको डिभिजन वन कार्यालय गाईघाटका सूचना अधिकारी तथा सहायक वन अधिकृत जागेश्वर साहले बताए ।

यसैगरी जिल्लाको मध्यउत्तरी पहाडी क्षेत्रको लिम्चुङबुङ गाउँपालिका–५ क्षेत्रका जङ्गलमा पनि डढेलो लाग्दा वनमा क्षति भएको छ । डढेलो नियन्त्रणको प्रयास भए पनि हुरीबतासका कारण त्यो पूर्ण रूपमा सफल नभएको डिभिजन वन कार्यालयले जनाएको छ ।


Author

थप समाचार
x