Ekagaj Logo
१६ कात्तिक २०८१, शुक्रबार
(Friday, 01 November, 2024)

कोशी

कोशीकी सांसद निर्मला लिम्बूले गरिन् अशोक राईको पक्षमा सनाखत

इकागज |
जेठ १, २०८१ मंगलबार १४:१० बजे

विराटनगर - कोशी प्रदेशसभाकी सांसद निर्मला लिम्बूले अशोक राईको पक्षमा सनाखत गरेकी छन् ।

लिम्बूले प्रदेश निर्वाचन कार्यालय पुगेर नयाँ दल जसपाको पक्षमा सनाखत गरेकी हुन् ।


उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल विभाजनसँगै प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई सनाखत गर्न निर्वाचन आयोगले २१ दिनको समय दिएको छ ।

निर्मला जसपा नेपालबाट समानुपातिक सांसद हुन् । योसँगै जसपा नेपाल कोशी प्रदेशमा निल भएको छ ।
 


Author

थप समाचार
x