कोशी

गैरसंवैधानिक अभ्यास नगर्न प्रदेश प्रमुखलाई मुख्यमन्त्री कार्कीको पत्र

इकागज |
बैशाख १८, २०८१ मंगलबार १४:१७ बजे

विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले गैरसंवैधानिक अभ्यास नगर्न आग्रह गर्दै प्रदेश प्रमुखलाई पत्र लेखेका छन् ।

मुख्यमन्त्री कार्कीले मंगलबार प्रदेश प्रमुख परशुराम खापुङलाई भेटेर पत्र बुझाउँदै गैरसंवैधानिक अभ्यास नगर्न आग्रह गरेका हुन् ।


कार्की संविधानको धारा १६८(५) अनुसार २७ असोज २०८० मा मुख्यमन्त्री बनेका थिए । पछिल्लो पटक केन्द्रमा सत्ता गठबन्धन फेरिएपछि माओवादी र एमालेले उनलाई हटाउने प्रयास गर्दै चैत २६ मा समर्थन फिर्ता लिएका थिए ।

त्यसपछि प्रदेश सभाको विशेष अधिवेशनमार्फत वैशाख २५ भित्र विश्वासको मत लिन वा राजीनामा दिन निर्देशन दिने संकल्प प्रस्ताव समेत पास गराएका थिए । 

तर, मुख्यमन्त्री कार्कीले संकल्प प्रस्ताव संविधानविपरीत भएको भन्दै विश्वासको मत पनि नलिने र राजीनामा पनि नदिने अडान राख्दै आएका छन् ।

मुख्यमन्त्री कार्कीले प्रदेश प्रमुखलाई लेखेको पत्र:


 


Author

थप समाचार
x