दल

प्रधानमन्त्री र कांग्रेस नेताहरूको भेटवार्ता स्थगित

इकागज |
जेठ ४, २०८१ शुक्रबार १९:५१ बजे

फाइल तस्बिर

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेताहरूलाई छलफलका लागि बोलाएको बैठक स्थगित भएको छ ।

संसदको अवरोध खुलाउनेबारे प्रधानमन्त्री प्रचण्डले शुक्रबार साँझ ६ बजे प्रधानमन्त्री निवास बालुवाटारमा छलफलका लागि बोलाएको बैठक स्थगित भएको हो ।


प्रधानमन्त्री प्रचण्डको दाँतको चेकजाँचका लागि वीर अस्पताल जानु परेकाले निर्धारित छलफल स्थगित भएको बताइएको छ । आज स्थगित छलफल शनिबार बिहान हुने जानकारी दिइएको छ ।

कांग्रेसले गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समितिको अडानबाट पछि नहट्ने अडान लिएपछि संसदका बैठक प्रभावित भएका छन् ।


Author

थप समाचार
x