राजनीति

स्वदेश फर्किए सभामुख घिमिरे

इकागज |
चैत १६, २०८० शुक्रबार ११:३९ बजे

काठमाडौँ- प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे स्वदेश फर्किएका छन् ।

अन्तर–व्यवस्थापिका सङ्‍घको १४८औँ महासभामा भाग लिएर सभामुख घिमिरे स्वदेश फर्किएका हुन् । 


महासभामा नेपालको सहभागिता लगायतका विषयमा त्रिभुवन विमानस्थल आयोजित पत्रकार सम्मेलनमा उनले नेपालको उपस्थिति बलियो रहेको जनाए ।

अन्तर व्यवस्थापिका संघको १४८औँ महासभा जेनेभा, स्वीजरल्याण्डमा २३ मार्चदेखि २७ मार्चसम्म भएको थियो ।


Author

थप समाचार
x