राजनीति

रास्वपाका उम्मेदवार मिलनले उल्लंघन गरे निर्वाचन आचारसंहिता

इकागज |
बैशाख १५, २०८१ शनिबार ९:५३ बजे

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार मिलन लिम्बूले निर्वाचन आचारसंहिता उल्लंघन गरेका छन् ।

इलाम–२ को उपनिर्वाचनमा मतदान गर्ने क्रममा उम्मेदवार समेत रहेका रास्वपाका मिलनले कोटमा पार्टीको ब्याज समेत लगाएका थिए ।


निर्वाचन आचारसंहिता २०७९ को धारा १८ (क) मा उल्लेख भएअनुसार मतदान केन्द्रमा राजनीतिक दल वा उम्मेदवारको प्रतिनिधिले निर्वाचन चिन्ह वा मत संकेत भएको पहिरन वा ब्याज लगाउन नहुने भनिएको छ ।

तर मिलनले भने ब्याज लगाएरै मतदान गर्नुका साथै तस्बिर समेत खिचाएका थिए ।


Author

थप समाचार
x