दल

आफूहरूको सम्पत्ति सार्वजनिक गरिदिन प्रधानमन्त्री कार्यालयलाई रास्वापाका मन्त्रीहरूको पत्र

इकागज |
बैशाख २४, २०८१ सोमबार १८:३८ बजे

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा) का तर्फबाट सरकारमा रहेका उपप्रधानमन्त्री तथा मन्त्रीहरूले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरिदिनका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पत्राचार गरेका छन् । 

उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठ र युवा तथा खेलकुदमन्त्री विराज भक्त श्रेष्ठले छुट्टाछुट्टै पत्र लेखी आफ्नो सम्पत्ति विवरण सार्वभौम नेपाली नागरिक र आम संचार माध्यमको जानकारीका लागि सार्वजनिक गरिदिन अनुरोध गरेका हुन् । 


देशमा भ्रष्टाचार न्यूनीकरण गर्न सदाचार आचरण महत्त्वपूर्ण हुने र त्यसका लागि आफूले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा विवरण बुझाएको तर त्यहाँबाट सार्वजनिक नभएकाले सार्वजनिक गर्नका लागि पत्राचार गरिएको पार्टीका महामन्त्री मुकुल ढकालले बताए ।


Author

थप समाचार
x