संसद्

विदेशी सहयोगहरूको सही सदुपयोग हुनुपर्छ : सभामुख घिमिरे

इकागज |
पुस ६, २०८० शुक्रबार १४:४२ बजे

काठमाडौँ- प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले विदेशी सहयोगहरूको सही सदुपयोग हुनुपर्ने बताएका छन् । शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले विदेशी संघसंस्थाहरूले आफ्नो उद्देश्य पूरा गर्नका लागि सहयोगका कार्यक्रमहरू ल्याइरहने क्रम बढिरहेकाे भन्दै यसको निगरानी हुनुपर्ने जिकिर गरे । उनले वैदेशिक सहयोगहरूको सदुपयोग ठीक ढंगबाट गर्नका लागि आम जनताको पहुँचमा सहायताबारेको जानकारी पुग्नुपर्ने बताए ।


उनले देशको विकास गर्न विभिन्न वैदेशिक संघसंस्था, राष्ट्र र कार्यक्रमहरूमार्फत आइरहेका सहयोगहरूलाई सरकारमार्फत संसदमा पेस गर्ने र संसदले त्यसको प्रयोग कहाँ, कुन क्षेत्रमा र कसरी गर्नुपर्छ भन्नेबारेमा बजेट वा नीतिअन्तर्गत कार्यान्वयनमा लैजानुपर्ने बताए । उहाँले वैदेशिक सहयोगको कार्यान्वयन भइरहेका ठाउँको निरीक्षणमा संसदले प्रभावकारी निगरानी बढाउनुपर्ने बताए ।

सभामुख घिमिरेले विमानस्थलहरू बनाउने कुरामा सफलता हात लागे पनि त्यसको सञ्चालनबारे कुनै ध्यान नपुगेको बताए । 


Author

थप समाचार
x