दल

इलाममा सुहाङको अग्रता कायमै, काँग्रेस र पहिचानवादी पछिपछि

इकागज |
बैशाख १७, २०८१ सोमबार १२:३७ बजे

काठमाडौँ -  इलाम-२ अन्तर्गत उपनिर्वाचनको मतगणनामा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले अग्रता बढाउँदै लगेका छन् । उनले नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्कासँगको अग्रता बढाउँदै लगेका हुन् ।

हालसम्मको मतगणनामा सुहाङले ११६१९ मत पाउँदा नेपाली कांग्रेसका डम्बर खड्काले ७६५९ मत ल्याएका छन् । नेम्वाङ ३९५९ मतले अघि रहेका छन् ।


त्यस्तै स्वतन्त्र उम्मेदवार डेकेन्द्र (लिम्बु) थेगिमले ७४५२ मत पाएका छन् । रास्वपाका मिलन लिम्बूले १५९६ मत ल्याएका छन् । हाल मत गणना जारी छ ।


Author

थप समाचार
x