दल

राजनीतिमा च्याँखे थाप्ने काम गर्न हुन्‍न - आनन्द पोखरेल

इकागज |
बैशाख ४, २०८१ मंगलबार १७:५८ बजे

फाइल फाेटाे

काठमाडौँ - एमाले नेता आनन्द पोखरेलले सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीको सवालमा माधव नेपालको दलले कांग्रेस सम्मिलित नयाँ गठबन्धनलाई सघाएको विषयमा आपत्ति जनाएका छन् । ​

रिपोटर्स क्लब नेपालले मंगलबार काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा पोखरेलले गठबन्धनको रक्षा गर्नुपर्ने  बताएका हुन् । उनले राजनीतिमा च्याँखे थाप्ने काम गर्न नहुने बताए । उनले संसद्मा धेरै दलहरूको प्रतिनिधित्व भएकोले राजनीतिक अस्थिरता निम्तिएको टिप्पणी गरे । 


त्यस्तै पोखरेलले गृहमन्त्री रवि लामिछानेको नाम सहकारी ठगी प्रकरणमा मुछिएको विषयमा मिडियामा तथ्यसहित समाचार आएको भन्दै तत्काल आफ्नोबारे स्पष्टीकरण दिनुपर्ने सुझाव दिए । 

उनले  सहकारी ठगी प्रकरण जोसुकै संलग्न भएपनि कारबाहीको दायरामा आउनुपर्ने टिप्पणी गरे । 


Author

थप समाचार
x