दल

संसदका स्थापित मान्यतालाई काँग्रेसले धज्जी उडायो : सचेतक बर्तौला

इकागज |
चैत २८, २०८० बुधबार १४:४३ बजे

काठमाडौँ - नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले संसदका स्थापित मान्यतालाई धज्जी उडाउँदै कांग्रेसले संसद अवरोध गरेको आरोप लगाएका छन् । 

बुधबार संसद भवन सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै बर्तौलाले संसदमा विधेयकहरुलाई अघि बढ्न नदिएर कांग्रेसले अलोकतान्त्रिक काम गरेको समेत बताए । उनले आन्दोलनका स्वरुप फेरेर सदनलाई सहज रुपमा चल्ने वातावरण बनाउन आग्रह गरे । 


बर्तौलाले कांग्रेस सरकारमा हुँदा नै सहकारी प्रकरणका कुरा उठेको र त्यस बेला पनि कांग्रेसले बदनियत राखेर अनुसन्धान नगरेको तर्क गरे । सरकारबाट हट्नेबितिकै प्रतिशोध साध्न कांग्रेसले सहकारी प्रकरणमा छानबिन समितिको माग राखेको भन्दै उनले यसको कुनै अर्थ नरहेको स्पष्ट पारे । 

उनले सहकारी पीडितलाई न्याय दिनुपर्नेमा एमालेको स्पष्ट धारणा रहेको भन्दै नीति नियम कानून बनाएर यसको समाधान खोज्नुपर्ने बताए । 


Author

थप समाचार
x