दल

एमालेले आज हिरक जयन्ती मनाउने

इकागज |
बैशाख १०, २०८१ सोमबार ७:३९ बजे

काठमाडौँ- नेकपा एमालेले पार्टीको हिरक जयन्ती महोत्सवको आयोजना गर्दैछ ।

सो अवसरमा राष्ट्रिय गौरव पदकबाट पूर्वराष्ट्रपति एवं पूर्व पार्टी उपाध्यक्ष विद्यादेवी भण्डारीलाई ‘गणतन्त्र गौरव’ सम्मान गर्ने भएको छ ।


शनिबार र आइतबार ललितपुरको गोदावरीमा बसेको पार्टीको महाधिवेशन प्रतिनिधि परिषद् बैठक सकिएको भोलिपल्ट एमालेले हिरक जयन्ती मनाउन लागेको हो ।

सो हिरक जयन्तीमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई पनि बिशेष बक्ताको रूपमा आमन्त्रिण गरिएको छ ।


Author

थप समाचार
x