घटना-दुर्घटना

रौतहटमा भारतीय लुटेराले गोली प्रहार गरेर ५२ लाख लुटे, तीन जना पक्राउ

इकागज |
चैत २, २०८० शुक्रबार १६:१ बजे

रौतहट - रौतहटको पोरहा नगरपालिका–९ मा रहेको शिव मनि ट्रान्सफरमा प्रवेश गरेर भारतीय लुटेराले गोली प्रहार गरेर ५२ लाख रुपैयाँ लुटेको छ । 

शुक्रबार दिउँसो भारतीय तीन जनाको हतियारधारी लुटेराको समूहले मनि ट्रान्सफरमा प्रवेश गरेर नगद काउन्टरमा बसेका नितेष शाहलाई गोली प्रहार गरेर ५२ लाख रुपैयाँ लुटेको रौतहट प्रहरीका प्रवक्ता डीएसपी  एलिजा गिरीले जानकारी दिइन् । 


उनका अनुसार शाहको टाउकोमा लक्षित गरी प्रहार गरेर गोली छल्दा कानमा लागेको छ । उनलाई उपचारका लागि वीरगञ्ज पठाइएको छ । भारतीय नम्बरको मोटरसाइकलमा आएका उनीहरू ५२ लाख रुपैयाँ लिएर भारततर्फ भाग्न खोज्दा प्रहरीले पक्राउ गर्न सफल भएको छ । 

नेपाल प्रहरीले भारत बिहार मोतिहारीका मनिषकुमार यादव र राजकुमार पासवान र सशस्त्र प्रहरीले चन्द्रभान सिंहलाई नगदसहित नै पक्राउ गरेको डीएसपी गिरीले जानकारी दिइन् । 
 


Author

थप समाचार
x