कूटनीति

चाँडै चीनसँगका १४ नाका सञ्‍चालनमा ल्याउँछौं : परराष्ट्रमन्त्री श्रेष्ठ

इकागज |
बैशाख १७, २०८१ सोमबार १९:५२ बजे

काठमाडौँ- उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले चाँडै चीनसँगका १४ नाका खुल्ने बताएका छन् । मेरियट होटलमा आयोजित नेपाल र चीनबीच हरित कृषि मित्रताको पुल निर्माण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले नेपाल र चीनबीचको व्यापार विस्तारका लागि १४ नाका सञ्चालनमा ल्याइने बताएका हुन् ।

यसका साथै मन्त्री श्रेष्ठले आफ्नो चीन भ्रमणका क्रममा नेपालीले चीन जानका लागि नि:शुल्क भिसाको व्यवस्था गर्ने सहमति भएकोमा त्यो कार्यान्वयनमा आएको उल्लेख गरे ।


मन्त्री श्रेष्ठका अनुसार गत चैत महिनामा गरेको चीन भ्रमणका क्रममा नेपाली नागरिकलाई भिसा शुल्क नलिने विषयमा दुई देशबीच सहमति भएको थियो ।

यस्तै तिब्बत पठार ब्लू एग्रीकल्चर कम्पनीले नेपाल एग्रीकल्चर कम्पनीबाट ओट घाँस र दाना खरिद गर्ने सम्झौता भएको छ । यससँगै अब नेपालबाट ओट घाँस र दाना चीन निर्यात हुने भएको छ ।


Author

थप समाचार
x