घटना-दुर्घटना

माटो लिन गएकी युवतीको भिरबाट लडेर मृत्यु

इकागज |
बैशाख १७, २०८१ सोमबार १४:१४ बजे

प्रतिकात्मक तस्बिर

बैतडी - बैतडीको सिगास गाउँपालिका–५ की २४ वर्षीया चन्द्रा कुमारी धामीको भिरबाट लडेर मृत्यु भएको छ। घर लिप्नका लागि माटो लिन गएकी उनको भिरबाट लडेर मृत्यु भएको हो।

घर नजिकैको खल्लीगडान भन्ने भिरबाट लडेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। उनी सिगास शिक्षा क्याम्पस गाजरीमा स्नातक तह दोस्रो वर्षमा अध्ययनरत थिइन्।



Author

थप समाचार
x