क्रिकेट

नेपाल 'ए' र आयरल्याण्ड उल्भ्सबीच पहिलो टी-२० खेल आज

इकागज |
चैत १६, २०८० शुक्रबार ६:५३ बजे

काठमाडौँ- नेपाल 'ए' र आयरल्याण्ड उल्भ्सबीचको टी-२० सिरिजको पहिलो खेल आज हुने भएको छ ।

यसअघि बिहीबार हुने तालिका भएपनि वर्षाका कारण खेल हुन नसकेपछि नेपाल क्रिकेट संघ (क्यान)ले नयाँ तालिका सार्वजनिक गरेको थियो ।


जसअनुसार टी-२० सिरिजको पहिलो खेल आज हुने भएको छ । यो खेल टियु मैदानमा दिउँसो १ बजेदेखि हुने क्यानले जानकारी दिएको छ ।

नयाँ तालिकाअनुसार अब नेपाल 'ए' आयरल्याण्ड उल्भ्ससँग आज पहिलो, ३० मार्चमा दोस्रो र अप्रिल १ मा तेस्रो टी-२० खेल खेल्ने छ ।

त्यसैगरी अप्रिल ३, ५ र ७ मा एकदिवसीय सिरिजका खेल्ने तालिका रहेको छ ।


Author

थप समाचार
x