समाज

आमाको हत्या गरेको आरोपमा छोरी पक्राउ

इकागज |
बैशाख १६, २०८१ आइतबार १९:५६ बजे

सुर्खेत- जुम्लामा आमाको हत्या गरेको आरोपमा प्रहरीले छोरीलाई पक्राउ गरेको छ । पातारासी गाउँपालिका-३ छुमकी ५५ वर्षीया सुवा महतराको हत्या आरोपमा छोरी पक्राउ परेकी हुन् ।

शनिबार पातारासी गाउँपालिका-१ गडिगाउँ घर भई माइतीघर आएकी २५ वर्षीया हाँसु ऐडीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।


प्रहरी नायव उपरीक्षक छेदिलाल कामतीका अनुसार छोरीले मुसलले आमाको टाउकोमा प्रहार गरेर हत्या गरेकी हुन् । छोरीको मानसिक सन्तुलन ठीक नभएको प्रहरीको भनाइ छ ।


Author

थप समाचार
x