क्रिकेट

एसिसी प्रिमियर कपः टस हारेर ब्याटिङ गर्दै नेपाल

इकागज |
बैशाख ७, २०८१ शुक्रबार ११:३९ बजे

काठमाडौँ - एसिसी प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत संयुक्त अरब इमिरेट्स (युएई) विरुद्धको सेमिफाइनलमा नेपालले टस हारेको छ । ओमानको अल अमरात क्रिकेट मैदानमा भर्खरै भएको टसमा युएईका कप्तान मोहम्मद वासिमले टस जित्दै नेपाललाई ब्याटिङको निम्तो दिए ।

नेपाल समूह ‘ए’ को बिजेता रुपमा सेमिफाइलमा पुगेको हो भने युएई समूह ‘बी’को उपविजेताका रूपमा सेमिफाइनल प्रवेश गरेको हो । 


समूह चरणको खेलमा नेपालले सबै चार खेलमा जित हात पारेको थियो । नेपालले मलेसियालाई पाँच विकेट, कतारलाई ३२ रन, हङकङलाई आठ विकेट र साउदी अरेबियालाई छ विकेटले पराजित गरेको थियो । 

त्यसैगरी युएईले कुवेतलाई सात विकेट, बहराइनलाई ३७ र कम्वोडियालाई नौ विकेटले हराएको थियो भने ओमानसँग नौ विकेटको पराजित भएको थियो ।

आजै हुने अर्को सेमिफइनलमा सेमिफाइनलमा ओमान र हङकङवीच प्रतिस्पर्धा हुँदैछ ।


Author

थप समाचार
x