क्रिकेट

एसीसी प्रिमियर कपमा आज नेपालको युएईसँग खेल्ने

इकागज |
बैशाख ७, २०८१ शुक्रबार ६:५३ बजे

फाइल फाेटाे

काठमाडौँ-  आज एसीसी प्रिमियर कपको सेमिफाइनलका दुवै खेल हुँदै छन् । नेपाल सेमिफाइनलमा आज परम्परागत प्रतिद्वन्द्वी युएईसँग खेल्ने छ ।

बुधबार समूह चरणका खेल सकिएसँगै युएई समूह बी मा उपविजेता बनेपछि सेमिफाइनलमा नेपालसँग खेल्ने भएको हो । नेपाल समूह ए मा अपराजित रहँदै समूह विजेता बनेको छ ।


त्यस्तै अर्को सेमिफाइनलमा आयोजक ओमानको सामना हङकङसँग हुने भएको छ । ओमान समूह बी मा समूह विजेता बनेको छ । ओमानले समूह चरणका चारै खेल जितेर अपराजित रहँदै समूह विजेता बनेको छ भने हङकङले ४ खेलमा २ खेल जितेर ४ अंकसहित समूह बी को उपविजेता बनेको छ ।

 

 


Author

थप समाचार
x