क्रिकेट

आयरल्यान्ड उल्भ्समाथि नेपालको शानदार जित

इकागज |
चैत १२, २०८० सोमबार १६:४ बजे

काठमाडौँ- पाहुना टोली आयरल्यान्ड उल्भ्सविरुद्धको दुई खेलको टी-ट्वान्टी सिरिजको पहिलो खेलमा नेपालले शानदार जित हात पारेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबार भएको खेलमा नेपालले आयरल्यान्ड उल्भ्सलाई ६ विकेटले पराजित गरेको हो ।


जितका लागि चाहिएको १ सय २२ रनको लक्ष्य नेपालले १६ ओभर १ बलमा ४ विकेट गुमाएर पूरा गर्‍यो । नेपालको जितमा सन्दीप जोराले ३६ रन तथा कुशल भुर्तेलले रनको योगदान गरे । दिपेन्द्र सिंह ऐरीले २० रन जोडे ।

आयरल्यान्ड उल्भ्सका लागि गारेथ डेलानीले २ तथा बेन ह्वाइट र थोमस मायसले १-१ विकेट हात पारे ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको आयरल्यान्ड उल्भ्सले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १ सय २१ रन बनाएको हो ।

आयरल्यान्ड उल्भ्सका लागि स्टेफेन डोहनीले ४६ रन बनाए ।

नेपालका लागि ललित राजवंशी, गुल्सन झा र कुशल भुर्तेलले २-२ तथा कुशल मल्ल र करण केसीले १-१ विकेट हात पारे ।


Author

थप समाचार
x