क्रिकेट

विश्वकप सुपर लिगमा न्यूजिल्यान्डसँग पराजित

श्रीलंकाले नेपालसँगै विश्वकप क्रिकेट छनोट खेल्ने पक्का

इकागज |
चैत १७, २०७९ शुक्रबार १२:५७ बजे

काठमाडौँ- श्रीलंकाले नेपालसँगै २०२३ आईसीसी पुरुष क्रिकेट विश्वकप छनोट खेल्ने सुनिश्चित भएको छ । आईसीसी क्रिकेट विश्वकप सुपर लिगको अन्तिम खेलमा शुक्रबार न्यूजिल्यान्डसँग पराजित भएपछि श्रीलंकाले विश्वकप छनोट खेल्ने निश्चित भएको हो ।

अन्तिम खेलमा श्रीलंकाले न्यूजिल्यान्डविरुद्ध ६ विकेटको पराजय भोग्यो । यससँगै नेदरल्यान्ड्स र जिम्बाब्वेसँग श्रीलंका सुपर लिगबाट विश्वकप छनोटमा झर्ने टोली बनेको छ ।


सुपर लिगमा सहभागी १३ टिममध्ये यसै वर्ष भारतमा हुने एकदिवसीय अन्तर्राष्ट्रिय विश्वकपमा छनोट भइसकेका छन् भने सुपर लिगबाटै वेस्ट इन्डिज, दक्षिण अफ्रिका र आयरल्यान्डमध्ये एक टोली विश्वकपमा छनोट हुनेछ ।

वेस्ट इन्डिज, दक्षिण अफ्रिका र आयरल्यान्डमध्ये दुई टिम भने विश्वकप छनोट खेल्नेछन् । विश्वकप छनोट जिम्बाब्वेमा जुन १८ देखि जुलाई ९ सम्म आयोजना हुने तालिका रहेको छ ।

विश्वकप छनोटबाट २ टिमले विश्वकपमा स्थान बनाउनेछन् ।


Author

थप समाचार
x