क्रिकेट

वेस्ट इन्डिज ए टिमको फितलो स्वागत, टाटा सुमोमा लोड गरियो लगेज !

इकागज |
बैशाख १२, २०८१ बुधबार १८:५७ बजे

काठमाडौँ - बुधबार काठमाडौँ आइपुगेको वेस्ट इन्डिज ए टिमको अपमान भएको भन्दै सामाजिक सञ्जालमा आलोचना भएको छ । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा वेस्ट इन्डिजका खेलाडीको लगेज टाटा सुमोमा लोड गरिँदै गरेको तस्वीर सामाजिक सञ्जालमा अहिले भाइरल भएको छ । 


नेपाल क्रिकेट संघ (क्यान) ले वेस्ट इन्डिज जस्तो टिम आउँदा फितलो व्यवस्थापन गरेको भन्दै आलोचना भएको छ । 

वेस्ट इन्डिज ए टिम नेपालमा पहिलो पटक क्रिकेट खेल्न आएको र पहिलो पटक मै फितलो व्यवस्थापन गरेर क्यानले ठूलो लापरबाही गरेको भन्दै कारवाही माग समेत गरिएको छ । 

सामान्यतया विदेशी टिम आउँदा राम्रो स्वागत गरिने र लगेज व्यवस्थापन पनि व्यवस्थित तरिकाले हुने गरेकोमा यस पटक क्यान चुकेको भन्दै आलोचना भएको छ । 

नेपालसँग ५ टी-२० खेलको सिरिज खेल्न रोस्टन चेजको कप्तानीमा १५ सदस्यीय वेस्ट इन्डिज ए टिम काठमाडौँ आएको छ । 

यो सिरिज वैशाख १५ गतेदेखि शुरु हुँदैछ । 
    


Author

थप समाचार
x