क्रिकेट

आईपीएलः सनराइजर्सविरुद्ध पुछारको बैँग्लुरुको जित

इकागज |
बैशाख १४, २०८१ शुक्रबार ९:१७ बजे

काठमाडौँ- इन्डियन प्रिमियर लिग (आईपीएल) मा अंक तालिकाको पुछारमा रहेको रोयल च्यालेन्जर्स बैँग्लुरुले सनराइजर्स हैदराबादविरुद्ध जित दर्ता गरेको छ ।

बिहीबार राति सम्पन्न खेलमा बैँग्लुरुले हैदराबादलाई ३५ रनले पराजित गरेको हो । जितसँगै बैँग्लुरुले ९ खेलबाट ४ अंक जोडेको छ । हैदराबादको भने ८ खेलमा १० अंक छ ।


बिहीबार रातिको खेलमा २ सय ७ रनको लक्ष्य पछ्याएको हैदराबादले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ७१ रन बनायो ।

हैदराबादका लागि शहबाज अहमदले ४० तथा कप्तान प्याट कमिन्स र अभिषेक शर्माले समान ३१-३१ रन जोडे ।

बैँग्लुरुका लागि क्यामरुन ग्रिन, कर्ण शर्मा र स्वप्निल सिंहले २-२ विकेट हात पारे ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बैँग्लुरुले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २ सय ६ रन जोड्यो । बैँग्लुरुका लागि विराट कोहलीले ५१ रन तथा रजत पटिदारले ५० रन जोडे ।

हैदराबादका लागि जयदेव उनडकटले ३ तथा टी नटराजनले २ विकेट हात पारे ।


Author

थप समाचार
x