क्रिकेट

आईपीएलः दिल्लीले गुजरातको सामना गर्दै

इकागज |
बैशाख १२, २०८१ बुधबार १३:३५ बजे

काठमाडौँ- इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज राति दिल्ली क्यापिटल्सले गुजरात टाइटन्सको सामना गर्ने भएको छ ।

दिल्ली र गुजरातबीचको खेल दिल्लीमा नेपाली समयअनुसार राति ७:४५ बजेबाट सुरु हुने तालिका रहेको छ ।


जारी लिगमा दिल्ली र गुजरात दुवैले समान ८-८ खेल खेलेका छन् । दिल्लीले ८ मध्ये ३ खेलमा जित हात पार्दा ५ खेलमा पराजय भोगेको छ । गुजरातले भने ४ खेलमा जित हात पार्दा ४ खेलमा पराजय भोगेको छ ।

गुजरातको ८ अंक तथा दिल्लीको ६ अंक छ ।


Author

थप समाचार
x