क्रिकेट

सन्दीप भन्छन्, १० बजे विमानस्थलमा ओर्लिन्छु

इकागज |
असोज २०, २०७९ बिहीबार ७:२४ बजे

काठमाडौँ- बलात्कारको आरोपमा जाहेरी परेका नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछाने आज नेपाल आइपुग्ने भएका छन् । सन्दीपमाथि एक नाबालिगलाई बलात्कार गरेको आरोपमा जाहेरी पर्नुका साथै उनीमाथि पक्राउ पूर्जी समेत जारी भएको छ ।

सन्दीपले समाजिक सञ्जाल फेसबुकमार्फत आफू बिहान १० बजे कतार एयरवेजबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा ओर्लिने जानकारी गराएका हुन् ।


सन्दीपले नेपाल प्रहरीलाई यसबारे पत्राचार गरिसकिएको समेत जनाए । उनले आफूलाई पक्राउ गर्ने क्रममा आफ्ना वकिल सरोज कृष्ण घिमिरेको पनि उपस्थिति हुनुपर्ने माग गरेका छन् ।

सन्दीपले अनुसन्धानमा पूर्ण सहयोग गर्ने दावी गर्दै आफूलाई निर्दोष प्रमाणित गर्ने उल्लेख गरे । जाहेरी परेपछि उनी लामो समयदेखि फरार थिए । 


Author

थप समाचार
x