क्रिकेट

फिफा विश्वकपकै समयमा नेपाल टी-ट्वान्टी लिग

इकागज |
असोज १२, २०७९ बुधबार १२:३२ बजे

काठमाडौँ-  असोज ८ देखि कात्तिक ५ गतेसम्म हुने भनिएको नेपाल टी-ट्वान्टी लिग तोकिएको मितिमा हुन नसकेपछि आयोजक नेपाल क्रिकेट संघ (क्यान) ले नयाँ मिति तोकेको छ ।

क्यानले जनाए अनुसार लिग आयोजनाका लागि डिसेम्बर १२ देखि ३१ तारिखसम्मको मितिलाई आईसीसीले पनि अनुमति दिएको छ । तर नेपाल टी-ट्वान्टी लिग भने कतारमा यही वर्ष हुने फिफा विश्वकप फुटबलसँग जुधेको छ ।


कतारले नोभेम्बर २० देखि डिसेम्बर १८ सम्म विश्वकप आयोजना गर्दैछ । विश्वकपको क्वार्टरफाइनल खेलहरु डिसेम्बर ९ देखि सुरु हुनेछन् भने डिसेम्बर १३ र १४ मा सेमिफाइनलका खेलहरु हुने तालिका रहेको छ ।

त्यसैगरी फाइनल भने डिसेम्बर १८ को लागि तोकिएको छ ।


Author

थप समाचार
x