बैंक-वित्त

दुई शाखालाई स्थानान्तरण गरेर सेवा सुचारू

इकागज |
चैत १, २०८० बिहीबार १०:४३ बजे

काठमाडौँ- हिमालयन बैंक लिमिटेडले सिभिल बैंकलाई प्राप्त गरे पश्चात् नजिक भएको शाखा सञ्जालहरूमध्ये गोंगबु शाखालाई स्थानान्तरण गरी हात्तीगौंडा बुढानीलकण्ठ नगरपालिका-८ काठमाडौँबाट विभिन्न बैंकिङ्क सेवा विस्तार गरेको छ । फागुण २७ गते बैंकको उक्त शाखाको उद्घाटन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोकशम्शेर राणाले अन्य कर्मचारीहरूको उपिस्थतिमा गरेका थिए ।

यसैगरी बैंकको कावासोती शाखा–२ लाई पनि गोछडा, वडा नं. १७ नवलपुरमा स्थानान्तरण गरी फागुण २७ गतेदेखि सेवा सुचारु गरेको छ ।



Author

थप समाचार
x