बैंक-वित्त

कामना सेवा विकास बैंक र आईएनजीए सपिङ कम्प्लेक्सबीच छुट सम्झौता

इकागज |
बैशाख १४, २०८१ शुक्रबार २०:८ बजे

काठमाडौँ- कामना सेवा विकास बैंकले तिलोत्तमा, रुपन्देहीस्थित आईएनजीए सपिङ कम्प्लेक्स​ (INGA Shopping Complex) सँग सेवा शुल्क छुटसम्बन्धी सम्झौता गरेको छ ।

यस सम्झौता अन्तर्गत बैंकका कर्मचारी र ग्राहकहरूले शपिङ कम्प्लेक्सको विभिन्न सेवा जस्तै कपडाहरू, घरायसी र इलेक्ट्रोनिक उपकरण, एफएमसीजी–फुड तथा एफएमसीजी–नन–फुडमा १० प्रतिशत छुटसम्म प्राप्त गर्न सक्नेछन् । ग्राहकहरूले बैंकसँगको आबद्धता भएको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ । यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्णले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ ।


हाल बैंकले आफ्ना १३५ सञ्जालहरू तथा ७७ एटिएम तथा विभिन्न शाखा रहित सेवा केन्द्र मार्फत् आफ्नो अत्याधुनिक सेवा सुविधाहरू प्रदान गरिरहेको छ ।


Author

थप समाचार
x